२०८१ आश्विन ४

लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री प्रधानमन्त्री भेट्न थप २ दिन काठमाडौंमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २६, शनिबार १०:३७ गते

बुटवल  ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री मन्त्रालय खाली गरेर काठमाडौं पुगेका छन्। मन्त्रालय खाली गरी काडमाडौं पुगेको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलिलाई भेट गर्ने कार्यक्रम पनि रहेको छ। प्रदेशमा बजेट माग गर्न उनीहरु काठमाडौं गएको बताएका उनीहरुले प्रधानमन्त्री सग शुक्रवार भेट गर्न नपाएपछि थप २ दिन काठमाण्डौंमा नै रोकिएका छन् ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदानको रकम दुई अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माणतर्फको भुक्तानी गर्नुपर्ने केही रकमसमेत दिन सकेको थिएन्। सो रकमसहित प्रदेशको विकास निर्माणका सम्वन्धमा कुरा राख्न मन्त्रीहरुको टोलि काठमाडौं पुगेको बताइएको छ ।
बुधबारदेखिनै काठमाडौं जान थालेका मन्त्रीहरु शुक्रबार सम्म सबै पुगिसकेका थिए। शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम अनुसार सबै मन्त्री पुगेपनि भेटघाट कार्यक्रम दुईदिन पर सरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै मन्त्रीहरु काठमाडौंमा रहेको र आइतबार ११ बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको बताए ।
लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित नौ मन्त्री रहेका छन। यहा मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन। १२ सदस्यीय बनाउने तयारीमा मुख्यमन्त्री रहेपनि कांग्रेस र एमालेको सहमति अनुसार कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त हुन बाँकी छ।