२०८१ आश्विन ४

प्रधानमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको छलफल
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २७, आईतवार १०:०४ गते

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह
बुटवल, २७ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन।
लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिए । “अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरू छन् ।’’, प्रधानमन्त्री ओलीले भने “यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । मुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ । अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उनले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति÷सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरे ।मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेका थिए ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।