२०८१ आश्विन ४

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १, शनिबार ११:०६ गते

बुटवल १ भदौ ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका तत्कालिन नेतालाई पन्छाउदै मुख्यमन्त्री बन्न सफल भएका चेतनारायण आचार्य शनिवार दलको नेता चयन भएका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदिय दलको शनिवार बुटवलमा सम्पन्न बैठकले आचार्यलाई नेता चयन गरेको हो । मुख्यमन्त्रीमा आफूलाई पन्छाएपछि तत्कालिन दल नेता लिला गिरीले दल नेताबाट राजिनामा दिएका थिए । शनिबार बसेको वैठकले संसदिय दलको नेतामा आचार्य, उप नेतामा भोज प्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई चयन गरेको छ ।