२०८१ आश्विन ४

आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ४, मंगलवार ०७:४३ गते

बुटवल ४ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको भएपनि समयमै शुरु हुन सकेको छैन् ।
संघमा सत्तासमीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ ।