२०८२ असार ९

जनताको मन जितेर आफ्नै एजेन्डाको बलमा चुनाव जित्नु पर्छ:प्रचण्ड
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ३, बिहीबार ०९:४० गते

बुटवल, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको मन जितेर आफ्नै एजेन्डाको बलमा चुनाव जित्नुपर्ने बताएका छन । बुटवलमा प्रेस सेन्टर लुम्बिनीले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।  निर्वाचनमा तालमेल गरी अधिकतम परिणाम दिने कुरालाई सहायक रूपमा लिन भन्दै प्रचण्डले जनताको मन जितेर आफ्नै एजेन्डाको बलमा चुनाव जित्नुपर्ने बताए।  निर्वाचनमा तालमेल गरी अधिकतम परिणाम दिने कुरालाई सहायक रूपमा लिन भन्दै प्रचण्डले जनताको मन जितेर आफ्नै एजेन्डाको बलमा चुनाव जित्नुपर्ने बताए । ‘गठबन्धनबाट जितौँला भन्नेलाई मुख्य ध्यान दिने होइन। आफ्नै तागतमा, आफ्नै एजेन्डाको बलमा जनताको मन जितेर चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकता दिने हो,’ उनले भने, ‘निर्वाचनमा तालमेल गर्ने र त्यसबाट अधिकतम सकारात्मक परिणाम दिने कुरालाई सहायक रूपमा ध्यान दिऔँ।’
स्थानीय तह निर्वाचनबारे विभिन्न दलका नेताहरूबाट विभिन्न धारणाहरू आएको उल्लेख गर्दै प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनका शीर्ष नेताहरू सकारात्मक रहेको प्रस्ट पारे। ‘विभिन्न पार्टीहरूमा विभिन्न खालका प्रवृत्ति, धार र अभिव्यक्तिहरू सार्वजनिक पनि भइरहेका छन्। तर, अहिले गठबन्धनमा भएका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामलामा, मुख्य नेतृत्वहरूको बीचमा कहीँ कतै विमति देखिएको छैन,’ उनले भने।