२०८१ आश्विन ४

वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ४, शुक्रबार ०९:३१ गते

बुटवल ४ असोज ।
लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो । दिवसको अन्तिम दिन शुक्रवार वृक्षारोपण गरेर संविधान दिवस औपचारीक रुपमा समापन गरिएको छ ।
राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बृक्षारोपण गर्दै संविधान दिवसको अवसरमा आयोजित सबै औपचारीक कार्यक्रमहरु भब्य रुपमा सम्पन्न भएको बताए ।
वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने उनले बताए । यसका लागी वातावरण मैत्री व्यवहार गर्न सबैमा आग्रह गरे। प्रमुख सचिव महादेव पन्थले बृक्षरोपणले संविधान दिवसको सान्दर्भीकता पुष्टी गरेको बताए ।‘एउटा विरुवाको हुर्काइ संग त्यसको भविस्य जोडिएको हुन्छ । जसरी आज विरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयू र हुकाई छिटो हुन्छ । त्यसैगरी संविधान पनि एउटा विरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिदै जान्छ’उनले भने,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धीलाई नागरिक माझ पु¥याउनु छ ।’
लुम्बिनीमा असोज ३ गते संविधान दिवस मुल समारोह आयोजना गरिएको थियो । त्यस अघि असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल गरेर निकासको समेत खोजि गरिएको थियो ।