२०८१ कार्तिक ७

नवीनमा हाजिर जवाफ प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १५, मंगलवार ११:२७ गते

बुटवल,१५असोज ।
नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय देवीनगर कक्षा ३ , ४ र ५ मा अध्ययनरत विद्यार्थीहरु बीच हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
विद्यार्थीहरू बीच भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने, विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीको व्यक्तित्व र बोलाइ सिपको विकास गर्ने गरी पाठ्यपुस्तक भित्रका अङ्ग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयलाई समेटेर पहिलो चरणमा १५ वटा समूह बीच प्रतिस्पर्धा गराई ६ वटा समूह छनोट गरी सञ्चालन गरिएको थियो ।
कक्षागत प्रतियोगितामा कक्षा ३ बाट सिजन खरेल, जस्मिन ठाडा मगर र अभिषेक परियार प्रथम , प्रिन्स जयसवाल,समीप के सी र युनिसका पाण्डे द्वितीय , ओमा पाण्डे,रेणु बलाल र सन्दिप कोरी तृतीय सोमा बराई, आयुष सारु मगर र सौरभ मरासिनी सान्त्वना भएका थिए ।
कक्षा ४ बाट अनुष्का भुसाल सदिक्षा केसी र सोमबहादुर सुनार प्रथम, अप्सरा पाण्डे, मुकेश कुमार चौधरी र आर्यन शाह द्वितीय अरुणा थापा, आवास विक र शरदसिंह गौतम तृतीय मनिष खनाल, मनिषा बुढा मगर र श्रेया पोखरेल तृतीय भएका थिए।
त्यसै गरी कक्षा ५ बाट कृषनेस मिश्र, अनुश्री चौधरी र आशिष्मा राना प्रथम, युवराज विक, दिल्सन थापा र जान्वी शर्मा द्वितीय, सभ्यता पाण्डेय, सपनिल खड्का र कविता विक तृतीय र प्रसिद्ध चन्द ,रोशन विक र ऋषिका श्रेष्ठ सान्त्वना भयका थिए।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा शिक्षकहरू अमर श्रेष्ठ, युवराज पाण्डे , मोतिलाल हरिजन र विद्यार्थी गोविन्द भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त अवसरमा विद्यार्थीहरू रिजन पौडेल ,इमान खनाल, सागर भण्डारी, आयुष पोख्रेल, मन्जिता पाण्डे र अजिता केसीले सहजीकरण गरेका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, प्राथमिक तह इन्चार्ज जिवराज पन्त र खेलकुद प्रशिक्षक नवराज खरेलले पुरस्कार वितरण गरेका थिए ।