२०८१ माघ १६
बुटवल,१४ कार्तिक ।
आजदेखि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो । कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिँदै छ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको छ ।
ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीबाट १९८१ कात्तिक १४ गते भाइटीकाका दिन जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो।
२००६ सालमा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए। उनी २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए।
पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर संगठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।