२०८१ पुष ८
बुटवल २३ मंसिर।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले ताली पड्काएर अनुमोदन गरेको एक सदस्यले जानकारी दिए ।
वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ ।