२०८१ पुष ७

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २४, सोमबार १२:१४ गते

भैरहवा २४ मंसिर ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् ।
क्लबको दुई उपाध्यक्ष मदतानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपेन्द्र बडुवाल र दीपक घिमिरे निर्वाचित भए ।
यस्तै, क्लबको महासचिवमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित भए । क्लबको सचिवमा शशि पन्थी, कोषाध्याक्षमा विष्णुप्रसाद भट्टराई र सहकोषाध्यक्षमा रविन्द्रप्रताप गुप्ता चयन भएका छन् ।
क्लबको कार्यसमिति सदस्यमा मोहम्मद हविव, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी चयन भएका छन् । क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् ।
निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हीतलाई माथि उठाउने गरी काम गर्ने जनाए ।
भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रका पत्रकार आबद्ध प्रेस क्लबले यस क्षेत्रमा विगत लामो समयदेखि रचनात्मक र सिर्जनशील काम गर्दै आएको छ । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सह्रानीय रहेको जनाए । उनले आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायत हरेक क्षेत्रमा क्लबमा आबद्ध पत्रकारहरुले सकारात्मक कलम चलाउँदा धेरै कुराहरु परिवर्तन र सुधारमा सहयोग पुगेको जनाए ।
यस्तै, संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरंजन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निभाउनुपर्नेम जोड दिए ।