२०८१ पुष ७

घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २५, मंगलवार १२:१० गते

बुटवल २५ मंसिर ।
मंगलबार सेयर बजार (नेप्से) ६.३२ अंकले घटेको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे पाँच अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा चार अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँबराबरको ८७ लाख ६८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब सात प्रतिशत बढेको छ।