२०८२ असार ९

भुुमीहिनलाई लालपुर्जा बितरण
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १६, बुधबार १०:०० गते

बुटबल । रुपन्देहीको ओमसतीया गाँउपालिका २ करबलाका भुुमीहिनलाई जग्गाधनी लालपुुर्जा बितरण गरीएको छ । लामो समयदेखि भुुमी नपाएका उक्त गाँउका २४ जनालाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लाल पुुर्जा बितरण गरेका हुुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले यसपटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरणकोलागि पहल गरिने बताए । उनले जिल्लामा रहेका अन्य भुुमिहिनलाई भुुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमीकता दिएको बताए । रुपन्देहीका अहीले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै छिट्टै सवै भुुमीहिनलाई भुुमीको ब्यबस्थापन गरिने उनले बताए । जिल्लामा राष्ट्रिय भुुमी आयोग रुपन्देहीले जग्गा नापजाँच गरीरहेको छ ।

त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानकालागि समेत पहल गर्ने बताए । उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको सघर्षपछि भुुमीहिनलाई भुुमी दिलाउन सफल भएको बताए । यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको बताए ।