२०८१ माघ २३

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
  • लुम्बिनी खोज
  • २०८१ पुष १५, सोमबार ०७:४० गते

बुटवल, १५ पुस ।
अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार हिजो साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट हुन ।
यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।
गत वर्ष छालाको क्यान्सर भएपछि उहाँ घरमा आराम गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन ।यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने उल्लेख गरेका छन ।
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्।
बेलायती राजा र्चाल्सले उनको निधनमा शोक व्यक्त जारी गर्दै अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरेका छन् ।
एजेन्सीको सहयोगमा