२०८१ पुष २६

सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यान्वयनमा
  • लुम्बिनी खोज
  • २०८१ पुष २२, सोमबार ११:०५ गते

भैरहवा २२ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथा पुजीगत रकम खर्चलाई तिव्रता दिएको छ । पुजीगत बजेटको लक्ष्य हासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाडी बढाउने काम अहिले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए ।
पालिकाहरुमा खासगरी समयमै ठेक्का नखोल्ने र बिभिन्न बहानामा बजेट फ्रिज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्धार्थनगरले आर्थिक बर्षको सुरुवात देखिनै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताए । नगरपालिकामा चालु आर्थिक बर्षमा पुर्वाधार बिकास शाखामा मात्रै उनसाठ्ठी योजना कार्यन्यनको चरणमा रहेका छन् । नगरपालिकाका पुर्वाधार बिकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यि सवै निमार्ण तर्फका योजना हुन । योजनाहरु नगरका १३ वटै वडामा सचांलनमा रहेका छन् । खासगरी सडक, ढल, नाला, भवन निमार्ण तर्फका योजनाहरु कार्यन्वयनमा आएका हुन् । जसमध्ये वडा नं ३ मा रहेको अधुरो टेक्वान्दो भवनमा थप पुर्वाधार निमार्ण, वडा नं ३ मा रहेको बस पार्कको स्तरउन्नती र वडा नं ११ मा बन्न लागेको कान्जी हाउस, सव दाहस्थल र पार्क निमार्ण रहेका छन् । कान्जि हाउसमा छाडा पशुचौपायकालागी सेड र सव दाह स्थल तर्फ मलामि बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निमार्ण गरीने छ ।
त्यस्तै नगरका बिभीन्न वडालाई जोडेर ६ दशमलव ५ किलोमिटर एकतर्फी नाला निमार्ण हुदै छ । सडक तर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निमार्ण हुदै छ । सडक तर्फ आरसिसी सडक पनि निमार्ण हुदै छ । सार्वजनिक सम्पक्ती संरक्षणको लागी १ सय ४० मिटर लामो पर्खाल निमार्ण पनि यसै बर्ष गरिदै छ । बिद्यालय तर्फ वडा नं २ मा रहेको बहिरा वाल माध्यमिक बिद्यालयमा चारकोठो भवनको तल्ला थप, वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक बिद्यालयमा चार कोठे भवनको छत ढलान, वडा नं ११ स्थित भुजौली प्रावीमा तिन कोठे तला थप्ने काम पनि धमाधम भैरहेको छ । त्यस्तै वडा नं १० मा रहेको सुर्यदेव माध्यमिक बिद्यालयमा दुई कोठे भवनको छत ढलान, वडा नं २ मा रहेको मेउडीहवा आधारभुत विद्यालयमा सौचालय निमार्ण, वडा नं ८ मा रहेको लिलाराम माध्यमिक विद्यालयमा पनि शौचालय निमार्णको काम भैरहेको छ ।