२०८१ माघ २४
गुल्मी २६ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गरेका छन् । धुर्कोट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गरे ।
शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले अग्रजहरुको योगदान र समर्पणलेनै मुलुकमा परिवर्तन सम्भव भएको बताए । अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणकोलागि नयाँ पुस्ताले योगदान गर्नु पर्ने उनले बताए ।
‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान र कदर गर्नेछ’उनले भने,‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’ धुर्कोटको समग्र विकासकालागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने बताए।‘अग्रजहरुले धुर्कोटमा शिक्षाको उज्यालो छर्ने काम गर्नु भयो । विद्यालय बनाउनु भयो । क्याम्पस खोल्नुभयो । उहाँहरुको योगदान र मेहनत चानचुने थिएन’उनले भने,‘अहिले गाउँमै उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।’ विकट वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभुत सेवा पु¥याउन अग्रजहरुले खेलेको भूमिकाले सम्भव भएको उल्लेख गरे । स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै प्रशंसा पनि उनले गरे । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याललगायत प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, राजनीकिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।