२०८२ बैशाख ६

वर्तमान सरकार अर्थतन्त्र सुधार गर्न पूर्णत असफल भयो: उपमहासचिव पुन
  • लुम्बिनी खोज
  • २०८१ माघ १७, बिहीबार ०९:२० गते

बुटवल, १७ माघ ।
नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार अर्थतन्त्र सुधार गर्न पूर्णत असफल भएको दाबी गरका छन । प्रेस सेन्टर पाल्पाले बिहीबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै ठोस पहल नगरेकाले अर्थतन्त्र थप धरासायी बनेको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले प्रचण्ड नेतृत्वको सरकारको तुलनामा अहिले अर्थतन्त्र थप गहिरो सङ्कटतर्फ धकेलिएको जिकिर गर्दै अर्थतन्त्र सुधार गर्नका लागि आफूले सरकारलाई सहयोग गर्ने बताए ।
उनले सरकारको समर्थनमा दुई तिहाइको बहुमत भन्नेले संसदको सामना गर्न नसकेर अध्यादेशको साहारा लिएर शासन गर्न खोजेको आरोप समेत लगाए । संवैधानिक प्रक्रिया अवलम्बन गर्न सरकार डराएको दाबी गदै संसद छलेर अध्यादेशबाट शासन गर्न खोज्नु गलत रहेको नेता पुनको भनाइ छ ।
उनले माओवादी सडक र सदनबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिए । ूआगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेछ नेता पुनले बताए ।
समाजवादी मोर्चालाई अघि बढाएर एकतासम्म लैजाने योजना रहेको तर्क समेत उनले गरे ।
नेता पुनले हालको निर्वाचन प्रणालीले कुनै पनि दललाई एकल बहुमत नदिने अवस्था रहेकाले निर्वाचन पद्धति परिवर्नत गर्न आवश्यक रहेकोमा जोड दिए । अहिले निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत ल्याउने अवस्था नरहेको बताउँदै उनले निर्वाचनपछि गठबन्धन गरेर सरकार बनाउनु स्वभाविक रहेको बताए ।