२०८२ बैशाख ८

राममणि क्याम्पसमा रक्तदान सचेतना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ माघ २८, सोमबार १०:३३ गते

बुटवल, २८ माघ ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पस स्नातक र स्तानकोत्तर तहका विद्यार्थीका लागि रक्तदान सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत दान गर्दा दान लिनेको जीवन बच्ने र दान गर्ने व्यक्तिको व्यक्तित्वमा समेत धेरै लाभ मिल्ने उल्लेख गरे ।
क्याम्पसको स्वास्थ्य तथा वातावरण समितिका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायतले रक्तदानबाट सबैको भलोमात्र हुने उल्लेख गरे ।
सचेतना कार्यक्रम लगत्तै दर्जनौं विद्यार्थीले आफूहरू रगत दान गर्न इच्छुक भएको उल्लेख गरेका थिए । कार्यक्रममा एम.बी.एस., बी.बी.एस., बी.एड. र बी.ए.का विद्यार्थीहरू सहभागी थिए ।