२०८२ बैशाख ६

माओवादी केन्द्र बुटवलको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन १७, शनिबार १६:१५ गते

बुटवल, १७ फागुन ।
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार कृष्णप्रसाद बञ्जाडेलाई ४ मतले पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् ।निर्वाचनमा भुसालले ३२ र बञ्जाडेले २८ मत ल्याए ।
सर्वसम्मतिको प्रयास असफल भएपछि महिला उपाध्यक्ष र सहसचिव बाहेक सबै पदमा मतदान भएको थियो । महिला उपाध्यक्षमा बसन्ता खनाल र सहसचिवमा रचना श्रेष्ठ यसअघि नै सर्वसम्मत भए । निर्वाचनबाट खुल्ला उपाध्यक्षमा योगेन्द्र गौतम, समवेशी उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा तुल्सीराम न्यौपाने र कोषाध्यक्षमा पुर्ण बहादुर परियार निर्वाचित भएको निर्वाचन समिति सदस्य रिज्जु श्रेष्ठले जानकारी दिइन ।नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरकमिटीको तेस्रो नगर अधिवेशनको बन्द सत्रबाट ६१ सदस्यीय कार्यसमिती चयन गरेको थियो । एक हप्ता लामो रस्साकस्सीबाट शुक्रबार भएको निर्वाचन मार्फत पदाधिकारीको टुङ्गो लागेको हो