२०८२ बैशाख १४

मगर राष्द्रिय मुक्ति मोर्चाको केन्द्रिय अध्यक्षमा दीपक थापा चर्तिमगर
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन २९, बिहीबार १३:३९ गते

छैठौं राष्द्रिय सम्मेलनले १ सय ५१ केन्द्रिय समिति चयन
बुटवल २९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृसंगठन मगर राष्द्रिय मुक्ति मोर्चा नेपालको बुटवलमा सम्पन्न छैठौं राष्द्रिय सम्मेलनले दीपक थापा चर्तिमगरको अध्यक्षतामा १ सय ५१ सदस्यिय सर्बसम्मत केन्द्रिय कार्यसमिति चयन गरेको छ ।
“मगर भाषा संस्कृति र मगरात भुमी हाम्रो सान । समता , समृद्धि र सुशासनको लागि पुर्ण समानुपातिक निर्बाचन” भन्ने नाराका साथ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यहि फागुन २८ गते समुद्घाटन गरेका थिए । समुद्घाटन पश्चात बन्दसत्रमा निर्बाचन प्रक्रिया पुरा १सय ५१ सदस्यिय सर्बसम्मत कार्यसमिति चयन गरेको बिहिबार बुटवलमा पत्रकार सम्मेलनगरी मोर्चाले जानकारी दिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामी मगर , उपाध्यक्षहरु चिनिमाया कालामगर ,मिनबहादुर घर्तिमगर ,टोप बहादुर दर्लामी मगर लिला सोमैमगर ,छमाया थापा मगर ,लोकेन्द्र थापा मगर ,अनिता थापा मगर, हिराबहादुर थापामगर ,सविना बुढामगर, होम राज खपाङ्गीमगर,भक्त लुङ्गेलीमगर (मगर ढुट),सारदा पुन मगर (मगर खाम), माल बहादुर बुढामगर (मगर काइके) रहेका छन । त्यस्तै महासचिवमा जिवन प्रवेश रोकामगर चयन भएका छन । साथै उपमहासचिवहरुमा तिर्थ थापा मगर,बिशाल पुन मगर ,मनोज राना मगर ,खगेन्द्र पुन मगर ,सिद्धबहादुर थापा मगर चयन भएका छन । त्यस्तै सचिवमा बिरमान घर्तिमगर,टिकासरी बुढामगर, हरि बहादुर थापामगर ,धनबहादुर पुन मगर , चन्द्रप्रसाद बुढाथोकी मगर,केशब थापामगर ,यम खपाङ्गीमगर दीपक थापा मगर ,टुगा थापा मगर रहेका छन । त्यस्तै कोषाध्यक्षमा अम्विका खुला मगर चयन भएकी छन ।
नबनिर्वाचित अध्यक्ष दीपक थापा चर्तिमगरले सम्मेलनले समसामयिक प्रश्ताबका साथै संबिधानमा उल्लेख भएको स्वयत्त क्षेत्र र बिशेष क्षेत्र कार्यान्बयन गर्न ऐन कानुन बनाउनु पर्ने कुरामा जोड दिएको बताए । उनले बर्तमान सरकारको जनबिराधी क्रियाकलावको घोर भर्सना गरेको र राजावादी र प्रतिगामी ,पुनउत्थानवादी चलखेल निष्तेज पार्न जनसमुदायलाई आग्रह समेत गरेको जानकारी दिए ।