२०८२ जेष्ठ २४
बुटवल ,८ चैत ।
न्यु होराइजन स्कुलको आर्थिक सहयोगमा देविनगरस्थित एन्फा एकेडेमी परिसरमा सुविधासम्पन्न शौचालय निर्माण गरेको छ ।शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सो शौचालयको उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन ।
न्यु होराईजन स्कुलले २५ लाख लागतमा निर्माण गरिएको महिला र पुरुष गरि सुविधा सम्पन्न शौचालय तयार भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । खेलाडी उत्पादनमा योगदान दिएको एन्फा परिसरमा आवश्यता महसुस गरि सुविधासम्पन्न शौचालय निर्माण गरेको उनले बताए । विद्यालय ३५ औ वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत समुदायलाई योगदान दिएको उनले बताए । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासंगै खेलकुदमा युवा खेलाडीहरु उत्पादनमा अग्रसर रहेको उनले दाबी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुदायमा सरकारी र नीजि संस्थाबाट साामाजिक दायित्व अन्तरगतका विभिन्न योगदान महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले लगानीको भन्दा पनि ठाउको पहिचान महत्वपूर्ण भएको बताए । सामाजिक उत्तरदायित्वमा काम गर्न नसकिरहेको अवस्थामा ठाउ दिएर एन्फाबाट गुण लगाउने काम भएको उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्याल लगायतले बोलेका थिए ।