२०८२ बैशाख ९

पौडी खेल्दा बेपत्ता तीनमध्ये एक जनाको शव फेला
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ८, सोमबार १५:२४ गते

बुटवल ८ बैशाख ।
रुपन्देहीमा पौडी खेल्ने क्रममा २ बालक बेपत्ता भएका छन् भने एकको शव प्राप्त भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीन जना बालक डुबेर बेपत्ता भएकोमा एक जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार, सोमबार दिउँसो एक बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय तीन जना बालक डुबेर बेपत्ता भएका थिए ।
स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए । यी मध्ये राजन यादवको शव करिब ६ बजे फेला परेको डीएसपी कार्कीले बताए । दानव नदीमा पौडी खेल्ने क्रममा बालकहरु डुबेर हराएको खबर पाएपछि प्रहरीसहितको टोलिले खोजतलास तीव्र पारेको थियो ।