२०८२ बैशाख ३०

बुद्धदर्शन र शिक्षाको उपादेयता बढ्योः प्रधानमन्त्री ओली
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २९, सोमबार ०८:३८ गते

लुम्बिनी २९ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका वेला बुद्धदर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् ।
लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै उनले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य भएको पनि बताए । झण्डै झण्डै भारत र पाकिस्तानबीच हातहालाहालको स्थिति आएको थियो, उनले भने, हामीले संयमित हुन आग्रह गर्‍यौँ । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन् ।
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे । बुद्धका उपदेश छन, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ, उनले भने ।
बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्त्वका बारेमा खुलेर चर्चा गरे ।