२०८२ असार १५

पार्टी अध्यक्षमाथिको षडयन्त्र विरुद्ध डटेर सामना गरौंः मेटमणि चौधरी
  • लुम्बिनी खोज
  • २०८२ असार १४, शनिबार १३:०० गते

बुटवल १४ असार ।
नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएको भन्दै यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले अख्तियार आफैले तामेलीमा राखिसकेको पतञ्जलीको बिषयलाई प्रतिशोधकै कारण ब्यूत्याउने काम भएको उनको टिप्पणी छ । उनले विपक्षीहरुले पार्टी अध्यक्षमाथि प्रहार गरिरहदा पार्टीभित्रैबाट खिसिटयूरी गर्ने काम भएको भन्दै आपत्ती जनाए । उनले माधव कुमार नेपाललाई मुद्धा लगाउने काम ठिक मान्नेहरु विपक्षीको पाउमा पर्टी बुझाउन खोजेको टिप्पणी गरे ।
‘ यस्तो बेला डटेर मुकाविला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठिक हुँदैन’–उनले भने –‘नबिराउनु नडराउनू, दुश्मनहरुसँग एकजुट भएर मुकाविला गरौं ।’ उनले आफूहरु विद्रोहबाट स्थापित भएकाले पार्टीले ८४ को निर्वाचनसम्म आफूलाई बलियो बनाउने दावी गरे । दैशैभर युवाहरुको एकिकृत समाजवादीमा आर्कषण रहेको समेत बताए ।
यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य रामकुमारी झाक्रीले पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थका विरुद्ध बोलेको भन्दै अब सोच्नुपर्ने धारणा राखिन् । उनले पुर्नउत्थानबादी शक्तिहरुले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरु र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको पनि बताईन ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष अब्लुद हुसेन खाँन, पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, पार्टी रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मा लगायतले बोलेका थिए । भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई उपमहासचिव चौधरीले स्वागत गरेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।