२०८२ असार २२
बुटवल २१ असार ।
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि बुटवल प्रथम भएको छ ।
रुपन्देही र नवलपरासी पश्चिम दुई जिल्लाका दशवटा विद्यालयहरूको सहभागितामा शनिवार बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि बुटवल प्रथम, कान्ति मा.वि बुटवल द्वितीय र होराइजन गौतम बुद्ध स्कूल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीयलाई २५ हजार , १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
नवीन औद्योगिक कदरबहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा कालिका मानवज्ञान मावि, शान्ति नमुना मावि , त्रिभुवन मावि, वेलटारी जनसेवा मावि, एभरेष्ट मावि , लुम्बिनी ज्ञान निकेतन मावि र न्यू होराइजन माविको सहभागिता रहेको थियो ।
त्यस्तै सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको संयोजकत्वमा रहेको निर्णायक मण्डलमा प्रा. डा रमेश नारायण त्रिपाठी भौतिक शास्त्र, उप प्रा डा मुर्तीराम पौडेल जीव विज्ञान, वसन्तराज खनाल रसायनशास्त्र , लेखनाथ पन्थ आइटी विज्ञ, ई. गौरव रिजाल सिभिल ईन्जिनियरिङ् र ई.शिव कुमार पंगेनी मेकानिकल रहेका थिए ।
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सचिव बसन्त प्रसाद कोइराला, सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायणप्रसाद पोखरेल, सामाजिक विकास मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख विष्णुप्रसाद पन्थी, शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले धारणा राखेका थिए ।
कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका लेखा अधिकृत टोलप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास डिभिजन कार्यालयका वरिष्ठ प्रशासन सहायक हरिप्रसाद काफ्लेले स्वागत गरेका थिए ।