२०८१ माघ २३
बुटवलमा गुरुङ र तुल्सिपुरमा राना सिफारिश
बुटवल ।
नेकपा एकिकृत समाजवादीले लुम्बिनीका दुई उपमहानगरमा उपप्रमुखको उम्मेद्वार टुग्यांएको छ । बुटवल उपमहानगरमा बुटवल उपमहानगरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरमा जोगबहादुर रानालाई सिफारिस गरेको नेकपा एकिकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरीले बताए । अध्यक्ष चौधरीले केन्द्रीय कमिटिलाई गुरुङ र रानालाई उपमेयरका लागि सिफारिश गरेको पत्र पठाएका हुन । बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । त्यस्तै तुलसीपुरको उपमेयरमा सिफारिस राना नेकपा एसको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको छ । तुल्सिपुरमा मेयर दावी गरेपनि काँग्रेसको विरोधपछि समाजवादीले उपमेयरमा सहमती जनाएको थियो ।