२०८२ भाद्र ७
बुटवल २ भदौ ।
प्रतिनिधि सभाका लागि रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा राजनीतिक दल दर्ता भएका छन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार दर्ता भएका दलहरुको सूची सोमवार सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालद्धारा जारी प्रेस विज्ञप्तीका अनुसार उपनिर्वाचन प्रयोजनका लागि २७ वटा दलले निवेदन दिए पनि कानुनी रीत पूरा भएका २६ दल मात्र दर्ता भएका हुन् । गत साउन २१ देखि साउन २७ सम्म राजनीतिक दल दर्ता का लागि समय दिइएकोमा मंगोल नेशनल अर्गनाइजेशनसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा जसपालगायतका दर्ता भएका छन् ।
२०७९ सालमा भएको आम निर्वाचनमा रुपन्देही ३ बाट प्रतिनिधि सभामा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधनपछि रिक्त रहेको उक्त स्थानमा आगामी कार्तिक १७ गते उप निर्वाचन हुन लागेको हो ।
यी हुन दर्ता भएका दलहरूः