२०८२ कार्तिक १

विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
  • लुम्बिनी खोज
  • २०८२ आश्विन ३, शुक्रबार १२:५२ गते

बुटवल, ३ असोज ।
बिपी विचार राष्ट्रिय समाज जिल्ला समिति रुपन्देहीले आज शुक्रवार विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक साम्रागीहरु वितरण गरेको छ ।
बिपी कोइरालाको ११२ औँ जन्मोत्सवको अवसर पारेर आज रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड ५ स्थित शान्ति नमुना माविका दिष्टविहिन छात्रालाई खाद्यान्न तथा शैक्षिक सामाग्री विवरण गरिएको हो । बिपी जयन्ती भदै २४ गते भए पनि उक्त दिन जेनजी आन्दोलन भएपछि रोएकोले आज कार्यक्रम गरिएको हो ।
बिपी विचार राष्ट्रिय समाजका कार्यवाहक अध्यक्ष इन्जिनियर यमलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले समाजमा सबैलाई समान व्यवहार गर्नुपर्ने विचार बिपीको रहेको बताए ।
कार्यक्रममा काँग्रेस युवा नेता तथा बिपी विचार समाज रुपन्देहीका सल्लाहकार विष्णु प्रसाद पोखरेल, शान्ति नमुना माविका प्रअ कुल प्रसाद लामिछाने, राष्ट्रिय समाजका निवर्तमान सभापति अधिवक्ता शरद भट्टराई, सचिव अधिवक्ता कृष्ण प्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहित चामल, दाल, तेललगायतका सामाग्री प्रदान गरिएको थियो ।