२०८२ कार्तिक १०
बुटवल १० कात्तिक ।
नेकपा (एमाले) ले अर्घाखाँचीमा जनप्रर्दशन तथा सद्भाव ¥याली गरेको छ । संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् ¥याली गरिएको एमालेले जनाएको छ ।
देशमा अराजक प्रवृत्ति फैलिएको, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयास भएको भन्दै त्यसका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा एमालेले ¥याली निकालिएको हो । ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, उमालेबाट निर्वाचित जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । ¥यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रिय नेता सूर्य थापा, प्रदेश सांसद रामजीप्रसाद घिमिरेसहितका जनप्रतिनिधि, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागितामा ¥याली निस्किएको हो । संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश सद्भाव ¥याली मार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ ।