२०८२ कार्तिक १७
काठमाण्डौं १६ कात्तिक ।
निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएसगै साम्पाङले दल दर्ताको प्रमाणपत्र पाएका छन् ।
आइतबार निर्वाचन आयोग पुगेर उनले दल दर्ताको प्रमाणपत्र लिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि साम्पाङले ‘माटोको ढिस्को’ चिह्न लिएर ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निवेदन दिएका थिए । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् ।