२०८२ मंसिर २

यो सरकार चुनाव गर्न बनेको हैनः एमाले महासचिव पोखरेल
  • लुम्बिनी खोज
  • २०८२ मंसिर १, सोमबार १६:३३ गते

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउनका लागि नबनेको जिकिर गरेका छन् । उनले नहुने चुनावको पैरवी पनि पार्टीले नगर्ने बताए ।

प्रेस चौतारीले सोमबार बुटवलमा गरेको कार्यक्रममा उनले चुनावी वातावरण पनि नवनेको बताए । एमाले चुनावबाट भाग्ने पार्टी हैन, चुनावसग डराएर भागेर चुनाव हुदैन भनेको हैन् यो सरकार चुनाव गर्नका लागि बनेको हैन्, नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन् , उनले भने , सरकारका काम कृयाकलाप चुनाव तर्फ केन्द्रीत नै छैनन्, निर्वाचन आयोगले मात्रै चुनावका कुरा गरेर चुनाव हुदैन ।

निर्वाचन आयोगले चुनावको तयारी गरेको कुरा गरिराखेको भन्दै उनले सरकारको काम र कृलाकलाप चुनावको तयारीमा छैन् भन्ने पार्टीको ठहर र विश्लेषण रहेको पनि बताए ।

महासचिव पोखरेलले एमालेले सारेका एजेण्डाले नै मुलुकलाई चुनाव तर्फ लैजाने पनि जिकिर गरे । चुनाव गर्न बाध्य पार्न जनतालाई परिचालित गर्नुपर्दछ, जनदवाव सिर्जना गर्नुपर्ने पनि उनले बताए ।

चुनावका लागि महत्वपूर्ण शक्ति नेपाल प्रहरी का हतियार गोलिगठ्ठा खोसिएको, अपराधीहरु जेलबाट भागेर समाजमा घुलमिल भइ अपराधका घट्ना बढाएको यसले असुरक्षा भय र त्रासको वातावरण विद्यमान रहेको चर्चा उनले गरे ।

नेपाल प्रहरीको मनोवल उच्च बनाउन नसक्दासम्म चुनावको वातावरण बन्न नसक्ने उनको भनाइ छ । महासचिव पोखरेलले समाजमा भय त्रास आंतकको वातावरण अन्त्य गर्नुपर्ने र जनतालाई निर्भय बनाउनुपर्ने भन्दै राजनीतिक दलहरु निर्वाध रुपमा आफ्ना एजेण्डा बोकेर जनताका माझमा जान सक्ने वातावरण नवन्दासम्म चुनावको वातावरण नवन्ने बताए ।