२०८१ आश्विन ३

देवदहलाई पर्यटकीय गन्तब्य बनाउछुः मेयर उम्मेदवार खत्री
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १७, शनिबार १९:२४ गते

बुटवल ।
रुपन्देही देवदहका मेयरका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई नमुना पर्यटकीय गन्तब्य बनाउने गरि योजना अगाडि सारेको बताएका छन । उनले देवदह ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले देवदहका हरेक वडामा पार्क निर्माणको योजनालाई पुर्णता दिदै नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना आफ्नो रहेको बताए ।

मेयरका उम्मेदवार रहेका खत्रीले शनिबार घरदैलोका क्रममा स्थानीयसँग योजना सुनाउँदै भगवान बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजनालाई पुर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए । उनले पर्यटन, कृषिको सम्भावना बोकेको नगरलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने योजनाको गृहकार्य समेत भएको उल्लेख गर्दै देवदहका युवाहरुलाई दक्षताअनुसारको सीप सिकाउने र दिलाउने कुरामा अहिलेको गठबन्धन जिम्मवारीका साथ काम गर्ने आश्वासन दिए । उनले देवदहका सबै वडामा शिक्षा, स्वास्थ्य, खानेपानी सबैका लागि सर्वसुलभ बनाउने गरि काम गर्ने पनि बताए । देवदहमा मेयरका लागि काँग्रेसबाट हिराबहादुर खत्री र माओवादीबाट उपमेयरमा माओवादी केन्द्रबाट सुन्दरी गिरीले उम्मेदवारी दिएकी छन । देवदहमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ ।