२०८२ पुष ७

सांगितिक प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २०, शनिबार १२:१० गते

बुटवल २० मंसिर ।
विभिन्न विद्यालयका ब्याण्डहरूको सांगितिक प्रतियोगिता “ब्याण्ड च्याम्पियनसिप २०२५” न्यू इन्भाइरनमेण्ट मा.वि. मणिग्राममा सम्पन्न भएको छ ।
न्यु इन्भाइरन्मेन्ट गितार क्लबकी अध्यक्ष जिया हमालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्राञ्जु अर्याल र जान्हवी थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवाली स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा १५ वटा विद्यालयबाट विद्यार्थीहरूले सहभागिता जनाएका थिए । निर्णायक मण्डलमा वसन्त श्रेष्ठ र मनिस गोदार रहेका थिए । कार्यक्रममा प्रथम, द्वितीय तृतीय, सान्त्वना स्थान क्रमश एभरेष्ट बोर्डिङ, पश्चिमाञ्चल बोर्डिङ, न्यू होराइजन बोर्डिङ, लुम्बिनी वल्र्ड स्कुलले प्राप्त गरेको कार्यक्रमका संयोजक किशोर बस्यालले बताए ।