२०८२ मंसिर २८
काठमाण्डौ २७ मंसिर ।
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
कप्तान रोहितकुमार पौडेलको ह्याट्रिकसँगै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ च्याम्पियन बनेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई लुम्बिनीले ६ विकेटले स्तब्ध बनायो ।
लुम्बिनी प्रतियोगितामा नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम भने लगातार उपविजेतामा सिमित बन्यो । यसपटक साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा रहँदा प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको सुदूरले १९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाउँदै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो ।