२०८२ पुष ४

एमालेमा ओलीको बहुमत, ईश्वर पक्षबाट विष्ट र भट्टराई मात्र विजयी
  • लुम्बिनी खोज
  • २०८२ पुष ३, बिहीबार १४:१६ गते

बुटवल, ३ पुस ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन।
ओलीसँग ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गरे, जसमा ओली विजयी भए भने शंकर पोखरेल महासचिवमा निर्वाचित भए।
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै ६ दिनपछि सम्पन्न भएको छ । महाधिवेशनमार्फत अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालागि निर्वाचित भएका हुन् ।
ओलीसँग नेता ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओली र पोखरेल दुवै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
२ हजार २६३ मतदाताले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोट गर्दा अध्यक्ष पदमा ‍ओली १ हजार ६६३ मतसहित निर्वाचित हुँदा पोखरेलले ५६४ मतमात्र ल्याउन सफल भए । त्यस्तै शंकर पोखरेल एमाले महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरेलसँग सुरेन्द्र पाण्डेले महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए । पोखरेल १२ सय २८ मतसहित महासचिव पदमा निर्वाचित हुँदा पाण्डे ९९९ मतमा सीमित बने ।
१९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक सबै पदमा ओली समूह निर्वाचित भयो । केन्द्रीय समिति सदस्यमा पनि ओलीकै पल्ला भारी छ ।