२०८२ पुष ६
बुटवल ५ पुस ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिमाना र स्वाभिमान लुटिँदा चुप लाग्न नहुनेमा जोड दिएका छन् । उनले भने, हाम्रो सिमाना लुटिँदा चुप लाग्नुपर्ने, हाम्रो स्वाभिमान लुटिँदा चुप लाग्नुपर्ने, ती सम्पूर्ण कुराहरू अब नेपालीले सहनु हुँदैन, उनले भने ।
पार्टीले शनिवार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले इतिहासमा कहिल्यै पनि उपनिवेश नबनेको र कहिल्यै विदेशीले नमिचेको देशका स्वाभिमानी नेपालीहरुले स्वाभिमान र सीमा लुटिदा सहन नहुने धारणा राखे ।
उनले सबैजनालाई जागरुक रहन र सचेत रहन अनुरोध पनि गरे र भने, पृथ्वी रहुन्जेलसम्म यो देशलाई राख्न, चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डालाई राख्न तथा राष्ट्रिय स्वाभिमानका साथ सार्वभौम मुलुकमा स–सम्मान बाँच्न सक्ने नागरिक हौँ भनेर विश्व सामु स–सम्मान शिर ठाडो पारेर उभिन सचेत भएर विचार गर्नुपर्ने धारणा पनि उनले राखे ।
भ्रष्टाचार र राष्ट्रिय स्वाभिमानका विषय उठाएका उनले आफूलाई आलोचना गर्नेहरूले पनि अहिले आफूलाई बुझ्न थालेको बताए । आफूलाई विभिन्न नामले आलोचना गर्नेहरुले हर्क साम्पाङले त्यो पाखामा किन ढुङ्गा बोकेको रहेछ भनेर अहिले बुझ्न थालेको उनको भनाइ छ ।
पार्टी स्थापना गर्नुपर्दाका विषय देखि विभिन्न विषय उनले उठाएका थिए । चेतनाको विकासमा आफूहरुले जोड दिएको र आफ्नै उत्पादनमा जीविको पार्जन गर्ने गरी पौरखी बनाउनु पर्नेमा आफूहरुले जोड दिएको पनि उनले बताए । श्रम सस्कृतिको विकासमा जोड दिदै आएको बताउदै उनले चतना र जागरणको अभियान सबैको रहेको पनि उनले बताए ।