२०८२ पुष ७
बुटवल ६ पुस ।
इनरव्हील कल्व अफ तिलोत्तमाले आफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सरस्वती आधारभूत विद्यालय तिलोत्तमा –१४ रेहराका ३५ जना विद्यार्थीलाई कापी, पेन्सिल लगायत सामाग्री वितरण गर्दै मिष्ठान्न समेत वितरण गरेको हो ।
क्लबका अध्यक्ष रत्ना रिजालको अध्यक्षतामा भएको कार्यक्रममाा तिलोत्तमा – १४ का वडाध्यक्ष अश्विन पौडेलले स्वार्थभन्दा माथि सेवा भन्ने भावना प्रशंसनीय रहेको बताए ।
क्लबका सचिव सीता भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा क्लबका सल्लाहकार हरि रिजाल, राधिका रिजाल, विद्यालयका प्रधानाध्याक कमला गौतम, क्लबका संस्थापक अध्यक्ष सपना रेग्मी, उपाध्यक्ष रेखा चौधरी लगायतले बोलेका थिए ।
