२०८२ माघ १

विशेष महाधिवेशनः महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्विरोध
  • लुम्बिनी खोज
  • २०८२ पुष ३०, बुधबार १३:५३ गते

काठमाडौ, ३० पुस ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ । सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।

महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो । यसअघि विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताइए पनि उनी पछि हटेका छन ।
सभापति एकजना तथा महामन्त्रीमा दुईजनाको मात्र मनोनयन परेपछि उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन ।कांग्रेसमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ। त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ।