२०८२ माघ ५
बुटवल, ५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट रुपन्देही सम्पर्क बिभागको सभापतिमा राजेन्द्र पोखरेल चयन भएका छन ।
पार्टीको बुटवलमा भएको भेलाबाट धुर्कोट गाउपालिका बडानं ४ जैसिथोक निवासी राजेन्द्र पोखरेलको नेतृत्वमा १० सदस्यीय सम्पर्क बिभाग गठन गरेको हो ।
धुर्कोटको जैसिथोकमा जन्मभई गुल्मी धुर्कोट राम्ररी बुझेर सामाजिक सम्बन्ध स्थापित राख्दै आएका पोखरेल हाल रुपन्देहीमा सक्रिय राजनीतिक तथा सामाजिक पहिचान बनाउँदै आएका छन । धुर्कोटको सामाजिक र राजनितिक क्षेत्रमा क्रियासिल भएका पोखरेललाई पार्टीको सम्पर्क बिभागको महत्वपूर्ण जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।

नेतृत्व समाल्दै पोखरेलले धुर्कोट–रुपन्देही सम्पर्क विभागले रुपन्देही जिल्ला र गुल्मी जिल्ला धुर्कोट गाउपालिकामा पार्टीको चुनाब लक्षित समन्वय मजबुत बनाउने, कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउने, संगठन विस्तार गर्ने समावेशी सोच, पारदर्शी कार्यशैली र जनमुखी राजनीतिमार्फत पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
त्यस्तै उपसभापतिमा धुर्कोट गाउपालिका बडानं २ का सन्तोष केसी र सचिवमा वडानं ७ का गोकर्ण पौडेल चयन भएका छन । त्यस्तै सदस्यहरुमा वडानं ३ का पुर्णबहादुर क्षेत्री ,वडानं ४का नरेस पोखरेल , बडानं ४ का बिष्णु प्रसाद घिमिरे ,वडानं ५ का सुभाष पाण्डे ,वडानं ६का लेखनाथ भण्डारी, वडानं ७ का गिताराम पन्थी, वडानं ७ का सरोज पन्थी र चयन भएका हुन । अरु सदस्यहरु थप गदै जाने सो पार्टीले जनाएको छराष्ıिय स्वतन्त्र पार्टीले आसन्न संघीय संसद चुनाव र स्थानीय निकायको चुनाव लक्षित प्रदेश, जिल्ला र पालिकाको सम्पर्क बिभाग गठन गर्ने अभियान तिब्र पारेको बताएको छ ।
भेलामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी लुम्विनी प्रदेश उपसभापति सालिकराम घिमिरेले आगामी निर्बाचनमा स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याउने संकेत गरेका थिए ।