२०८२ माघ ६

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनाेनयन दर्ता सम्पन्न रुपन्देही २ मा १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाको उम्मेदवारी दर्ता
  • लुम्बिनी खोज
  • २०८२ माघ ६, मंगलवार १३:४५ गते

बुटवल, ६ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

रुपन्देही– २ मा एमाले उपाध्यक्ष पौडेलले गराए उम्मेदवारी दर्ता

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।

कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार

नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । रूपन्देही २ बाट कांग्रेसले चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन ।

रुपन्देही–२ मा नेकपाबाट सुवास पाण्डे ‘विश्वदीप’ले दर्ता गराए उम्मेदवारी

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा युबा नेता सुवास पाण्डे ‘विश्वदीप’ले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय बुटवल देवीनगरमा दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।पार्टीले पहिला ई। आशीष सुवेदीलाई टिकट दिएको बताए पनि अन्तिममा उम्मेदवारी दर्ताको बेलामा खरेललाई उम्मेदवार बनाएको हो ।

रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत कार्यालयका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट डा निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट बीरेन्द्र बिक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा , श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगरले मनोनयन दर्ता गरेका छन् ।