२०८२ माघ ७

देवदह डान्सिङ आइडलको उपाधि टीना फौजामगरले जितिन
  • लुम्बिनी खोज
  • २०८२ माघ ६, मंगलवार १४:१६ गते

बुटवल,६ माघ ।
दशौं देवदह महोत्सवमा आयोजित देवदह डान्सिङ आइडल(२०८२ को उपाधि टीना फौजा मगरले जितेकी छन ।
मंगलबार बेलुका सार्वजनिक भएको नतिजा अनुसार देवदहस्थित बुद्ध पब्लिक मन्टेश्वरीकी छात्रा टीना फौजा मगरले प्रथम स्थान हासिल गरेको आइडल संयोजक विश्व गुरुङले जानकारी दिए ।
प्रतियोगितामा कृति अर्याल द्धितिय र बन्दना थापा तृतीय भएका छन । सिमरन पाण्डे र जेनिशा बराल उत्कृष्ट पाँचमा पर्न सफल भएको मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले जानकारी दिए । आइडलको अडिसन चरणबाट १५ जना प्रतियोगी छनोट भएका थिए । निर्णायक र दर्शकको भोटको आधारमा नतिजा निकालिएको मेलाका सांस्कृतिक सल्लाहकार तेजु अर्यालले बताएका छन ।
आइडलमा प्रथम, द्धितिय र तृतीयलाई नगदसहित शिल्ड र मेडलले सम्मान गरिएको आयोजकले जनाएको छ ।