२०८२ माघ ११
बुटवल ११ माघ ।
पाल्पाको भैरबस्थानमा अवस्थित भैरब जनता माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको संस्था भैरब जनता अलुम्नाई एशोसियशनको अध्यक्षमा कृष्णप्रसाद नेपाल निर्वाचत भएका छन् । शनिबार रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगर बनबाटिकामा सम्पन्न संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनले नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन आयुक्त तुल्सीराम ढकालले जानकारी गराए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर रायमाझी, सचिवमा तुलबहादुर अधिकारी, कोषाध्यक्षमा विष्णु कुँवर र सह–सचिवमा दुर्गा गौतम आचार्यलाई चयन गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुनबहादुर कार्की, सुरेन्द्रलाल अमात्य, दिनेश पोखरेल, यज्ञप्रसाद ज्ञवाली, बालनरसिंह गोदार, जीवन अधिकारी, मिनबहादुर खत्री, निरा श्रेष्ठ, सरस्वती खड्का कार्की र सरोजकुमार श्रेष्ठ रहेका छन् ।
उक्त विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शैक्षिक विकासमा सक्रिय भूमिका खेल्ने उद्देश्यले स्थापित भैरब जनता अल्मुनाईको साधारण सभा तथा अधिवेशनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, प्रधानाध्यापक सुरेशप्रसाद गौतम, पूर्व प्रधानाध्यापक तिलकराम पौडेल, पूर्व शिक्षकद्वय लोकनाथ गौतम, धनप्रसाद श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका लागि सबै पूर्व विद्यार्थीहरूको साझा चासो, चिन्ता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । साथै, अझ बढी पूर्व विद्यार्थीलाई संस्थामा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रमलाई ऐतिहासिक तथा उपलब्धिमूलक भएको विश्वास व्यक्त गरिएको थियो ।