२०८२ असार ८
बुटवल ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै संबिधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनको नगर स्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आ–आफ्नो दलको प्रचारमा हिडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेद्वारलाईं जिताउन आग्रह गरे ।
उनले भने,‘नेपाली कांग्रेसको प्रचारमा हिडेका कार्यकर्तालाई माओबादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस् । ’
उनले तालमेल भनेको बिबिधतामा एकता रहेको उल्लेख गर्दै जिवन बिबिधताकै कारणले चल्ने उल्लेख गरे । उनले भने, ‘जिवन भनेको बिबिधताकै कारणले चल्छ, चिन्दै नचिनेको संग बिहे भएर जिवन बित्छ, यहाँ त संगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस् ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुबैको घोषणापत्र पढेर बिबेक पु¥याएर मतदान गर्न उनको आग्रह छ । उनले भने,‘केपी ओलीले कांग्रेसको घोषणापत्रको धज्जी उडाउनुभयो, एमालेको घोषणापत्रमा भ्यु टावर छ, हाम्रोमा जनता । युवा पुस्ताले भ्यू टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो । सबैले पढ्नुस र विवेक पु¥याउनुहोस् ।’
उनले तिलोत्तमामा गठबन्धनका उम्मेद्वारहरुले जारी गरेको प्रतिबद्धता पत्रको प्रशंसा समेत गरे । उनले तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना निकै उत्कृष्ट रहेको उल्लेख गरे ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एव लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्रीले संविधान बचाउनको लागि गरिएको गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।
उनले सत्ता गठबन्धन दलहरुको उपस्थितिलाई स्विकार्दै गठबन्धन बनेको बताउदै तिलोत्तमा तथा देशैभरका गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले भने– ’संविधान बचाउनको लागि हामी एकैठाउं छौं । तपाइहरुले तिलोत्तमा तथा अन्य क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् ।’
आमसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अझैपनि नेपाली समाजमा महिलाहरुलाई माथि उठ्न नदिईएको बताउँदै यसको अन्त्यको लागि नेपाली कांग्रेसलाई तीनवटै तहमा बिजयी बनाउन आग्र गरिन् । उनले संविधानको रक्षाको लागि गठबन्धन भएको उल्लेख गर्दै तालमेलका उम्मेद्वारलाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गरिन् ।
कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाड््ने बाहेक अन्य केही काम नगरेको बताए ।
प्रदेश सभा सदस्य रमा अर्यालले महिलाका समस्यालाई समाधान गर्नका लागि नेतृत्वमा महिला आउनुपर्ने बताईन् । उनले महिलाहरूलाई नेतृत्वमा ल्याउने काम कांग्रेसले मात्रै गरेको बताईन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार एव नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवारी दिएको बताए । उनले तिलोत्तमामा एकिकृत सम्पत्ति कर घटाउने, ब्यवसाय कर कटौती, भित्री सडक कालोपत्रे गर्दा जनताको पैसा नलाग्ने, महिलालाई स्वरोजगार एव आत्मनिर्भर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गठबन्धन जित्न र सबै दलको समान सहभागिताको लागि गरिएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै गठबन्धनबाट तिलोत्तमाको उपमेयरका उम्मेदवार हेमराज पाण्डे (हेमन्त) ले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिब हरि काफ्ले, माओबादी केन्द्रका तिलोत्तमा नगर ईन्चार्ज बेल प्रसाद शर्मा लगायतले बोलेका थिए ।