२०८२ माघ २१
बुटवल,२१ माघ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं। २ मा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को तर्फबाट उम्मेद्वार सुबास पाण्डे विश्वदीपले आफू अहिलेसम्म कुनै भ्रष्टाचार र अनियमिततामा नजोडिएको उम्मेदवार भएकाले आम मतदाताले आफूलाई मत दिएर जिताउने विश्वास ब्यक्त गरेका छन ।
पार्टीले स्थापना गरेको तिलोत्तमा नगरपालिका वडा नं। १ र २ को संयुक्त प्रचार–प्रसार कार्यालयको बुधबार उद्घाटन गर्दै युवा नेता पाण्डेले भने, ‘म अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा जोडिएको मान्छे होइन । न ललिता निवास, न सुपारी तस्करी, न सुन तस्करी, न जलहरी, न कुनै अन्य अनियमितामा । म सिंहदरवार र अदालत जलाउँदा खुसी हुँने मान्छे पनि होइन ।’ जेन्जी आन्दोलनले उठाएका मुद्दाहरु भने जायज भएको उनको भनाई थियो । जेन्जी बिद्रोहका मुद्दा नेकपाले पनि संसदमा उठाउँदै आएको तर त्यसलाई तत्कालिन सरकारले वेवास्ता गर्दा स्थिति भयावह भएको पाण्डेको तर्क थियो । भ्रष्टाचार र कुशासनकोबिरुद्धमा भएको जेन्जी आन्दोलनका जायज एजेण्डाहरुलाई नेकपाले आत्मसाथ गरेर निर्वाचनमा होमिएकाले नेकपालाई यसपटक जनताले तारा चुनाव चिन्हमा बहुमत दिएर जिताउने उनले विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेकपा केन्द्रिय नेता राम परियारले अन्य दलका कैयौं पुराना र अनियमितताको दाग लागेका उम्मेदवारका तुलनामा नेकपाका उम्मेदवारहरु निष्कलंक र युवा बौद्धिक उम्मेदवार भएकाले यसपटक नेकपालाई जिताउन सबैमा अपिल गरे । जेन्जी आन्दोलनको बेला नेकपाले मुख्य पहलकदमी लिएर यो ब्यवस्था जोगाएको भन्दै जनताले चुनावमा यसको समीक्षा गर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेताहरु निर्मल जिसी , कमल भण्डारी, प्रेम खनाल, खुश्बु भण्डारी, सुदीप न्यौपाने, बेलप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

बुधबारै तिलोत्तमाको वडा नं। ३ र ४ का पनि चुनाव प्रचार कार्यालय उद्घाघाटन गरिएको चुनाव परिचालन समिति वडा नं। ४ का संयोजक नेत्र रुचालले जानकारी दिए ।
यसैबीच उम्मेदवार पाण्डेले बुधबार बुुटवलको वडा नं।३ र ४ को पनि प्रचार कार्यालय उद्घाटन गरेर वडा नं। २ मा घरदैलो गरेका छन । बुटवलकी ९३ बर्षिया वृद्धा निमा भूसालको हातबाट टिका आर्शिबाद लिएर उनले घरदैलो अभियान शुरु गरेका थिए ।