२०८२ फाल्गुन १०
बुटवल ९ फागुन ।
नेकपा एमालेले मात्र देशको बर्तमान अवस्थाको निकास दिन सक्ने पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माले दावी गरेका छन् । उनले नेकपा एमालेको बहुमतको सरकार विना देशले निकास पाउन नसक्ने बताउदै देशको बर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी एमाले ओमसतिया–१, को प्रचार प्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताउदै त्यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताए । उनले रुपन्देहीको क्षेत्र नम्वर १, कृषिको पंचुर संभावना रहेको बताउदै कृषिको माध्यमबाट यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
