२०८२ फाल्गुन १०

कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्छः प्रवक्ता चालिसे
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ९, शनिबार १३:४१ गते

‘अहिलेको हावाको आयु लामो छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’
बुटवल, ९ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्ने बताएका छन् । । आसन्न फागुन २१ को निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको तर्क उनले गरे ।
‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उउनले भने । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेनजीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रुपन्देही क्षेत्र न २ को बुटवलमा बुद्धिजीवीसंग नेपाली कांग्रेस अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको बताए ।
सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उनले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको बताए । ‘अहिले चलेको हावाको कुनै भविश्य छैन, शरिरभरी दागै दाग र मुद्दैमुद्दा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहदैन ,बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ, यसपटक देश सम्झेर गंभिर ढंगले रुखमा मत दिनुपर्छ ’–उनले भने ।
कार्यक्रममा केन्द्रिय सदस्य प्रतिमा गौतम, रामबहादुर कार्की, नेवि संघ अध्यक्ष दुजाङ शेर्पा, रुपन्देही क्षेत्र न २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल, समानुपातिक उम्मेदवार रिता सेन ओली, गंगा शाही, प्रदेश कोषाध्यक्ष प्रकाश राना, कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण, युवा नेता अमृत ज्ञवाली, नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरि, डा.बुद्ध बहादुर थापा, भोजबहादुर केसीलगायतले बोल्दै बदलिएको सन्देशसहित कांग्रेस घरघरमा पुगेर जनतालाइ जगाउनुपर्ने बताए ।
कार्यक्रममा बुटवल ११ निवासी नेकपा एमालेका पार्टी सदस्य, निबृत्त राष्ट्र सेवक सनत कुमार श्रेष्ठलगायत कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको थियो ।