२०८२ फाल्गुन १६

कृषि क्षेत्रको विकासमा उम्मेदवार न्यौपानेको जोड
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १३, बुधबार १३:०४ गते

रुपन्देही १३ फागुन ।
देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन स्पष्ट नीति आवश्यक रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् । उनले कृषिको विकासले मात्र देशलाई समृद्धि तर्फ अगाडि बढाउन सकिने भएकोले कृषि उत्पादनलाई प्राथमिकता राखेर आफुले काम गर्ने बताए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत देवदह नगरपालिका–३ र २ को घरदैलोको अवसरमा मतदाता संग संवाद गर्दै उनले उक्त कुरा बताएका हुन् । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार न्यौपानेले कृषिलाई व्यवसायीकरण गर्दै स्थानीय स्तरमा रोजगारी सृजना गर्ने गरी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले युवाहरुलाई व्यवसायीक कृषि उत्पादनमा जोड्न सके विदेश पलायनबाट युवाहरुलाई रोक्न सकिनेमा जोड दिए ।
घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सचिव छविलाल विशवकर्मा, लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लखनीय सहभागिता रहेको थियो ।