२०८२ फाल्गुन १६

संविधान सभा सदस्य पहाडी एमाले प्रवेश
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १६, शनिबार १४:२४ गते

बुटवल १६ फागुन ।
संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल बिश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले कुनै लोभमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
पौडेलको घरदैलो जारी
बुटवल ।
नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले बुटवलको बजार क्षेत्रका मतदातासँग मत मागेका छन् । बजार केन्द्रीत घरदैलोमा उत्साहपूर्वक स्थानीयको सहभागिता रहेको थियो ।
निर्वाचन परिचालन समितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजार केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णयअनुसार शनिबार दिनभर उम्मेदार पौडेलसहितका नेताकार्यकर्ता बजार क्षेत्रमा मत मागेका हुन् । पूर्वनिर्धारित युवा, महिला, व्यवसायी तथा कोणसभा कार्यक्रमको स्वरूप परिवर्तन गर्दै क्षेत्रभर केन्द्रित र प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको थियो । दिउँसो १ बजेदेखि विशेष जनप्रदर्शनसहित बृहत् चालि तथा वीपीचोकमा कोणसभा आयोजना गरिएको थियो । यी क्षेत्रमा पर्ने वडाका युवा, महिला, उद्योगी–व्यवसायी, पेशाकर्मी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको ठूलो सहभागिता बनाइएको संयोजक भोजप्रसाद श्रेष्ठले जानकारी दिए । बिहान वडाकेन्द्रीत कार्यक्रमहरु सकेर दिउसो दिउँसो २ बजेदेखि बुटवलका वडा नं ३, ४, ५ र ६ मा बजार केन्द्रित घरदैलो तथा र्याी सञ्चालन गरिएको र यसमा युवा, महिला तथा पार्टीका शुभेच्छुकहरुको उत्साहजनक सहभागिता देखिएको सहसंयोजक राजु गुरुङले बताए , ती वडाका नेता–कार्यकर्ता अस्पताललाई जम्मा भएर संयुक्त रूपमा घरदैलो अभियानमा लागेका थिए । कार्यक्रममा उद्योगी–व्यवसायी, ट्रेड युनियन तथा विभिन्न पेशागत समूहको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रम पुष्पलाल पार्कबाट सुरु भई अमर पथ, हाटबजार, चिडिया खोला, गोलपार्क, लक्ष्मीनगर गेट, जेसिस चोक, राममन्दिर लाइन, संगम पथ हुँदै वीपीचोकमा पुगेर कोणसभासहित समापन गरिएको थियो । निर्वाचन प्रचार–प्रसारलाई थप सशक्त बनाउँदै जनताको घरदैलोमा पुग्ने रणनीतिसहित कार्यक्रम अघि सारिएको समितिले जनाएको छ । पार्टीले निर्वाचन क्षेत्रभर संगठनात्मक सुदृढीकरण, मतदाता भेटघाट तथा जनमत निर्माणलाई तीव्र बनाएको छ ।
र्यालीपछि आयोजित कोणसभामा एमाले उपाध्यक्ष पौडेलले बुटवललाई विकासको नमुना बनाउने अभियानलाई स्थानीयको साथ चाहिएको बताए । उनले पुराना कामको निरन्तरतासँगै नयाँ योजनाको सुरुवात आफ्नो प्रतिवद्धता रहेको दोहोराए ।
एमालेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अनिल थापाको नेतृत्वमा ९० जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
घरदैलो अभियानका क्रममा बुटवलको जेसीज चोकमा आयोजित कार्यक्रमबीच नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल ले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।