२०८२ फाल्गुन १७
सर्मथनका विषयमा राप्रपामा विवाद
बुटवल १७ फागुन ।
राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको रुपन्देही क्षेत्र नंं २ मा राप्रपाको क्षेत्रीय समितिका अध्यक्षले नेपाली काँग्रेसलाई समर्थन गरेको विज्ञप्ती जारी गरेपछि जिल्लाले असहमति जाहेर गरेको छ ।
राप्रपाले सिद्धान्त र वैचारिक भिन्नता भए पनि वर्तमान राजनीतिक परिस्थितिमा आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा नेपाली काँग्रेससँग नजिक रहेकाले रुपन्देहीको क्षेत्र नं. २ मा काँग्रेस उम्मेदवारलाई चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको भन्दै
राप्रपा रुपन्देही २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जारी गरेको विज्ञप्ती सार्वजनिक भएपछि जिल्लाले असहमति जनाएको छ । थापाले विज्ञप्तिमा राजनीतिक सहमतिका आधारमा क्षेत्रीय विकास, सुशासन र स्थायित्वका पक्षमा सहकार्य गर्ने उल्लेख छ । विज्ञप्तीमा पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा एजेण्डा नजिक रहेकाले रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार पौडेललाई समर्थन गरिएको जनाएको छ ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाले उम्मेदवारी दर्ता गराए पनि प्राविधिक कारणवश उम्मेदवारी फिर्ता लिएको थियो ।
विज्ञप्तीमा राप्रपाले आफ्ना पार्टी पंक्ति र समर्थक मतदातालाई प्रत्यक्षतर्फ नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई रुख चिन्हमा मतदान गर्न तथा समानुपातिकतर्फ राप्रपाको हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिएको छ । २०७९ सालमा भएको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो । मतदाताको साथ र समर्थनले उत्साहित बनेको नेपाली काँग्रेसलाई राप्रपाले गरेको समर्थनले आफ्नो उम्मेदवारको जीत सुनिश्चित भएको काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए ।
क्षेत्रिय समितिका अध्यक्ष थापाले विज्ञप्ती निकालेको विषयमा प्रत्रिक्रिया माग्दा जिल्ला अध्यक्ष सागरप्रताप राणाले सो विज्ञप्ती पार्टीको आधिकारीक नभएको बताए ।
