२०८२ फाल्गुन २४
बुटवल २३ फागुन ।
रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन्। निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही २ मा रास्वपाका उम्मेदवार खरेल निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा एमालेका विष्णु पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत प्राप्त ष्रेका छन् । यहा नेपाली कम्युनिष्ट पार्टीका शुभाष पाण्डे विश्वदीपले १ हजार ४०९ मत प्राप्त गरेका छन्।