२०८२ फाल्गुन २५

राष्ट्रिय सभाका नयाँ सदस्यले लिए शपथ
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २५, सोमबार १०:२७ गते

काठमाण्डौं २५ फागुन ।
राष्ट्रिय सभाका नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। जसअनुसार गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद चुनिएका थिए।